मन्दिर निर्माणमा प्रयोग भएको क्रेनले किचेर सात मारिए

चैत २६ ।नयाँ दिल्ली,भारतको मध्यप्रदेशको अमरकंटकमा एउटा मन्दिर निर्माणका क्रममा भएको दुर्घटनामा सात जनाले ज्यान गुमाएका छन्।घटनामा २० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पालमा उपचार भइरहेको भारतीय संचार माध्यमले जनाएका छन् । अनुपपुर जिल्ला प्रहरी प्रमुख निमिष अग्रवालका अनुसार पर्यटकीय स्थल अमरकंटकमा कयौ वर्षदेखि एउटा विशाल जैन मन्दिर निर्माणका काम चलिरहेको छ, जसमा ३ सय बढी मजदुर र कालीगढ काम गरिरहेका छन्।
उनका अनुसार बुधबार साँझा ठुलो वर्षासँगै मन्दिर निर्माणमा निकै माथि लगाइएको क्रेन खस्दा त्यस्ले किचेर मजदुर र पर्यटकको मृत्यु भएको हो।
प्रहरीले अहिलेसम्म सात जनाको मृत्यु भएको पुष्टि गरे पनि मृतक संख्या बढ्न सक्ने बताएको छ।
मध्य प्रदेशको पहाडी क्षेत्रमा रहेको अमरकंटक छत्तीसगढको सीमामा पर्दछ । नर्मदा, सोन र जोहिला नदीको उदगम स्थल यही हो । हिन्दू धर्मावलम्बीको कयौ महत्वपूर्ण मन्दिर पनि यहाँ छ। छत्तीसगढबाट ठुलो संख्यामा पर्यटक यहाँ आउने गर्दछन् । एजेन्सी

सम्बन्धित शिर्षकहरु