चीनमा यौनदास हुन वाध्य नेपाली युवतीले गुहार मागे

चैत २६ । काठमाडौ,चिनीयाँ पुरूषसँग विवाह गरेर चीनको विभिन्न दुर्गम गाउँ पुगेका नेपाली युवतीहरूले आफूहरू बेचिएको रहेछ भन्दै उद्दारका लागि मद्धत मागेका छन ।

चीनको उत्तरपूर्वी प्रान्त हार्विनको दुर्गम गाउँमा पुगेका १८ युवतीले आफूहरूलाई यौनदासीका रूपमा राखेको बताएका हुन ।केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी)की एसपी किरण बज्राचार्यले पीडित युवतीले दुःख पाएको भन्दै उद्दारका लागि फोनमार्फत आफुलाई आग्रह गरेको जानकारी दिनु भयो । यो जानकारी पाएपछि परराष्ट्र मन्त्रालयले युवतीहरुको उद्धारको लागि पहल थाल्ने जनाएको छ ।

काठमाडौंका म्यारिज ब्युरोमार्फत चिनीयाँ पुरूषसँग विहे गरेर नेपाली युवती चिनका विभिन्न गाउँमा पुगेका छन्। त्यहाँ पुगेपछि आफूहरूलाई यौनदासीको रूपमा यातना दिएको भन्दै युवतीहरूले उद्दारको आग्रह गरेका हुन्।

सम्बन्धित शिर्षकहरु