चैत २५ ।सप्तरी, सप्तरी जिल्ला अदालत राजविराजले बयान परिवर्तन गरेको भन्दै मधुपटी गाविस १ निवासी राजकुमारी चौधरीलाई तीन हजार जरिवानाको फैसला गरेको छ ।चौधरीलाई जिल्ला न्यायाधिश चन्द्रबहादुर सारुको एकल इजलासले फैसला सुनाएको हो ।
गत माघ १९ गते बैंकबाट एक लाख रकम झिकेर घरतर्फ जाँदै गरेको अवस्थामा राजकुमारीले रकम सप्तरीको छिन्नमस्ता गाविस ५ महुवा टोल
निवासी २५ वर्षिय पंकज यादव र सोही ठाउँ वडा न. ६ बस्ने २३ वर्षिय सानु राय लुटेको बताएकी थिइन् ।
तर, अदालतमा उनले आफ्नो लुटिएको रकम भेटिसकेको भनेपछि उनलाई वकपत्र परिवर्तन गरेको भन्दै जरिवाना फैसला सुनाइएको जनाइएको छ ।








