बन्दका कारण ठाउँ ठाँउमा झडप र आगजनी

चैत २४ ।काठमाडौ,सहमतिबाट संविधान निर्माण गर्न दवाव स्वरुप एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले गरेको देशव्यापि बन्दको कारण विभिन्न ठाँउमा तोडफोड र झडप भएको छ । संविधानका विवादित विषयमा काङ्ग्रेस-एमाले लगायतका दलले प्रक्रियामा जाने निर्णय गर्को कारण विरोध स्वरुप मोर्चाले बन्दको आह्वान गरेको हो । बन्द गर्ने क्रममा बन्दकर्ताहरुलाई प्रहरीले राजधानीका विभिन्न ठाउँबाट पक्राउ गरेको छ । काठमाडौंको बिजुली बजार बुद्धनगरमा बन्दकर्ताहरुले बा १ च ९४८७ नम्बरको पाउरोटी बोकेको भ्यानमा तोडफोड गरेका छन् ।

प्रहरीले दुई जनालाई बुद्धनगरबाट पक्राउ गरेको जनाएको छ । एकीकृत माओवादीका काठमाडौ जिल्ला अध्यक्ष तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हिमाल शर्मा, एमाओवादी काठमाडौ सचिव रेणु दाहाल, क्रान्तिकारीका सुरेन्द्र बस्नेतलाई पनि प्रहरीले विजुलीबजार पुलबाट पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई तीन कुने प्रहरीमा राखिएको छ । बालकुमारीमा पनि बन्दकर्ताहरुले एउटा ट्याक्सीमा आगजनी गरेका छन् ।
आज विहानैदेखि बाँकेको जनजीवन पनि प्रभावित भएको छ ।बन्दकर्ताले बन्दको अवज्ञा गरेको भन्दै भे १ ख ११११ नम्बरको काञ्जिरोवा उच्च मावि कोहलपुरको बस तोडफोड गरेका छन् । विद्यार्थी लिन जाँदै गर्दा कोहलपुर चौराहा नजिक बन्दकर्ताले बसको अगाडीको शिशा फुटाएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
बन्दका कारण नेपालगन्जबाट बाहिरिने र भित्रिने लामो तथा छोटो दुरीका कुनै पनी सवारी साधानहरु सञ्चालनमा आउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाकेले जनाएको छ ।विहानैदेखि यातायात, उद्योग कलकारखाना, बजार, शैक्षिक संस्था बन्द छन् । बन्दको समयमा कुनै अप्रिय घटना घट्न नदिन चोकचोकमा ठुलो सख्ङ्यामा नेपाल प्रहरी र शशस्त्र प्रहरी परिचालन गरिएको छ ।
३० दलीय मोर्चाले आह्वान गरेको बनदको प्रभाव पोखरामा पनि परेको छ ।
लामो तथा छोटो दुरीका सवारी साधन शैक्षिक सस्था , बजार ,कलकारखान कुनै पनि खुलेका छैन् भने प्रहरीले ४ जना बन्दकर्ता लाई पोखराको चाइनापुलबाट पक्राउ गरेको छ । सन्तोष सुनाम ,बम बहादुर कार्की ,अशोकजङ प्रसाई ,सुधाम राईलाई प्रहरीले पक्राउ गरेको एमाओबादीका नेता सुमन देवकोटाले जानकारी दिनु भएको छ ।
आफ्ना पक्राउ परेका नेता कार्यकर्ता लाई १ घण्टा भित्र नछाडे आफुहरु कडा आन्दोलनमा उत्रने एमाओबादीले जनाएको छ । प्रहरीले स्कर्टीङ गरेर ल्याएको गाडीलाई चाइना पुलमा ढुङा प्रहार गरेको भन्दै चार जनालाई पक्राउ गरेको जनाएको छ ।
सल्यानमा पनि भित्रने र जिल्लाबाट बाहिरिने कुनै पनि सवारी साधनहरु चल्न सकेका छैनन् भने बजार, शैक्षिक संस्था सबै ठप्प रहेका छन् । बन्दकर्ताले कपुरकोटमा ढुंगामुडा राखेर सडक अबरुद्ध पारेका छन् ।
बन्दका कारण झापामा कुनै पनि सवारीका साधन चलेका छैनन ।रातिको समयमा समेत सवारी साधन चल्न नदिने एनेकपा माओबादीका केन्द्रीय सदस्य झलक सिं दर्लामीले जानकारी दिनुभयो ।
बन्दका क्रममा अत्यावश्यक प्रेस, कुटनितिक नियोगका सवारी, एम्बुलेन्स, दुध बोक्ने गाडी भने सञ्चालनमा अवरोध नगर्ने एमाओबादी झापाका अध्यक्ष धर्मशीला चापागाईले बताउनुभयो ।आज बिहानैदेखि रुपन्देहीको जनजीवन पनि प्रभाबित भएको छ ।लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैन्न भने उद्योग कलकारखाना विद्यालय बजार सबै ठप्प छ ।आन्दोलनकारीले बिहान भैरहवाको बर्मेलिटोलमा भारतीय युपि ५६ जे २७०७ नम्बरको मोटरसाईकलमा आगजनी गरेका छन् ।तीस दलीय मोर्चाका नेता कार्यकर्ताले आज बिहान महोत्तरीको सदरमुकाम जलेश्वरमा एक यात्रुवाहक बसमा तोडफोड गरेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै सयौँको सङ्ख्यामा रहेका मोर्चाका नेता कार्यकर्ताले जलेश्वर नगरपालिका चौकमा ज.१ख६५९ नम्बरको मुना डिलक्स बसमा तोडफोड गरेका हुन् ।

सम्बन्धित शिर्षकहरु