११६ वर्षीया गरड्रुड विश्वकै जेठी बृद्धा

weaverअमेरिकाकी ११६ वर्षीया गरड्रुड विभर संसारकै सबैभन्दा जेठी वृद्धा बन्नु भएको छ । उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उल्लेख गरिएको छ।गरड्रुड विभरभन्दा अघि संसारको सबैभन्दा वृद्धा व्यक्त्तिको रेकर्ड जापानकी मिसाओ ओकावाको नाममा थियो ।

अमेरिकाको कैमडन सहरको एउटा नर्सिङ होममा रहेकी गरड्रुड विभरको जन्म सन् १८९८ मा भएको थियो । उहा हरेक वर्ष ४ जुलाईका दिन आफ्नो जन्मदिन मनाउने गर्छिन् । मिसाओ ओकावाको ११७औं जन्म दिनको केही सातापछि निधन भएको छ ।
संसारमा सबैभन्दा बढी उमेर बाँच्ने व्यक्तिको रेकर्ड फ्रान्सका जेन कालमेन्टको नाममा छ । उहा १२२ वर्ष १६४ दिन बाँच्नु भएको थियो ।
गरड्रुड भिभर अमेरिकी राष्ट्रपति बाराक ओबामाकी प्रशंसक भएकोले उहाले आफ्नो ११७औं जन्मदिनमा ओबामा सहभागी भएको चाहनुहुन्छ । उहाले अमेरिकी च्यानल सीबीएसलाई दिएको अन्तर्वार्तामा आफ्नो लामो आयुको रहस्य बताउनु भएको छ ।जोई, परिवारका अन्य सदस्य र साथीहरु उहासँग भेट गर्न आउने गरेका छन् । कडा परिश्रम र सबैलाई माया गर्न इश्वरले लामो आयु दिनु भएको उहाको विश्वास छ । उहाका चार सन्तान मध्ये ९४ बर्षाका छोरा जोई मात्र अहिले सम्म जीवित हुनुहुन्छ ।

सम्बन्धित शिर्षकहरु