बालिका बलात्कार गर्ने ६५ वर्षिय पुजारीलाई १२ वर्ष कैद

चैत १९ ।रुपन्देही,केही महिनाअघि गुल्मीको जोहाङ्ग गाविसमा ९ वर्षीया बालिका बलात्कारको अभियोगमा बृद्ध पूजारी खिमानन्द अर्याललाई गुल्मी जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको ईजलासले बुधवार अर्याललाई यस्तो सजायको फैसला गरेको हो ।

गत वर्षको चैत्र ६ गतेका दिन जोहाङ्ग १ को चोरकाटेस्थित परमानन्द शान्ति आश्रम शिवालय मन्दिरको छतमा स्थानीय ९ वर्षीया बालिकालाई बलात्कार गर्ने पुजारी ६५ वर्षिय अर्याललाई १२ वर्ष कारावास सजाएँ र पीडित वालिकालाई ३० हजार रुपैयाँ निजबाट क्षतिपुर्ति दिलाउने फैसला गरिएको हो । उक्त दिन अरु वालवालिका सँगै खेल्न आएकी ति बालिकालाई मन्दिरको प्रसाद केरा, स्याउ सुन्तला लगायतका फलफुल खान दिई फकाएर त्यस मन्दिरका पुजारी अर्यालले माथी छतमा लगेर बलात्कार गरेको उजुरी परे पछि प्रहरीले तत्काल निजलाई पक्राउ गरेको थियो ।

सम्बन्धित शिर्षकहरु