माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, दुई घाइते

चैत १९ ।जाजरकोट, डोल्पाको सु गाविस– ८ रंगमा घर पोत्ने माटो खन्दा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।

घटनामा आमा छोरा घाइते भएका छन् । मृत्यु हुनेमा १३ वर्षीया खरी वुढा रहेको प्रहरीले बताएको छ ।

घाइते २५ वर्षीया विष्णुमती बुढा र उनका ५ वर्षीय छोरा धनकृष्ण बुढा रहेका छन् । घाइतेको किरण मेडिकलमा उपचार भइरहेको छ । १५ फिटभन्दा लामो सुरु¨मा माटो खन्दै गर्दा ढिस्कोमा पुरिएको बताइएको छ ।

सम्बन्धित शिर्षकहरु