प्रधानमन्त्री कोइरालले थाङनामा सुताए : डा. केसी

चैत १८ ।काठमाडौ, चिकित्साशिक्षामा सुधार हुनु पर्ने माग राख्दै दस दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीले वार्ताको नाममा आफुलाई प्रधानमन्त्री सुशील कोइरालले थाङनामा सुताएको बताएको बताउनु भएको छ । मंगलबार पनि सरकारसँग कुनै निर्नायक वार्ता हुन नसकेपछि आक्रोसित बन्नु भएका डाक्टर केसीले यस्तो धारणा राख्नु भएको हो । उहाले जथाभाबी सम्‍बन्धन दिने विश्वविद्यालयका पदाधिकारी र शिक्षामन्त्रीलाई बर्खास्त वा निलम्बन गर्ने आफ्नो माग पूरा नभएमा यही कारणले सरकार ढल्ने दावी गर्नु भयो । मागमा लचिलो बन्दै सरकारले मंगलबार दिनभरि उहासँग वार्ता गरे पनि अबेर रातिसम्म कुनै सहमति हुन सकेन।डा. केसीले आफूलाई झुलाउनुको गम्भीर असर सरकारलाई पर्ने चेतावनी दिनु भयो ।

नीति नबनाई नयाँ मेडिकल कलेजलाई संबन्धन नदिने निर्णय सरकारले गरे पनि जथाभाबी संबन्धन दिने त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त नगरी अनशन नतोड्ने अडान केसीले राखेपछि कुनै सहमति हुन नसकेको हो।डा. केसीलाई मनाउन मंगलबार बिहानै शिक्षण अस्पताल पुगेका मु यसचिव लीलामणि पौड्याल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेल मंगलबार राति ११ बजेसम्म अनशनस्थलमै थिए।

सरकारले मंगलबार मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट केदारभक्त माथेमा उच्चस्तरीय समितिको प्रतिवेदन आएर त्यसअनुसार नीति र कानुन नबनेसम्म नयाँ मेडिकल कलेजलाई सबन्धन नदिने निर्णय गरेको थियो।त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई कारबाही गर्न राखिएको मागलगायत सम्बन्धन र विद्यार्थी भर्नाका विषयमा छानबिन गर्न आयोग गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको थियो।

सम्बन्धित शिर्षकहरु