हेटौडा बजारमा गैंडा आतंक: आक्रमणमा परी एकको मृत्यु, ६ घाइते

hetauda_gaida - Copyचैत १६ ।हेटौडा,चितवन राष्ट्रिय निकुन्जबाट निस्किएको गैंडाले हेटौडा अस्पतालभित्र पसेर एक महिलाको ज्‍यान लिएको छ ।गैडा भित्र छिरेपछि भएको भागदौडबाट ६ जना घाइते भएका छन्। गैडाको आक्रमणबाट हेटौडा -६ की ६१ वर्षीया हरिमाया दाहालको मृत्‍यु भएको प्रहरीले बताएको छ । सोमबार विहान ९ बजे अस्पतालमा एक वयस्क गैडा अचान अस्पतालमा प्रवेश गरेर यस्तो घटना घटेको हो ।अस्पतालमा गैंडा छिरेपछि त्‍यहा बसेका मानिसहरु भागाभाग भएका छन्। त्यसैगरी हेटौडा गौरीटारका रुद्रनारायण धिमाल, हेटौडा ६ का बिष्णु प्रसाद दाहाल, गढी गाविस–३ का धनबहादुर रुम्वा, हेटौडा–१८ गौरीटारका सावित्री तिमल्सेना, हेटौडा–१ का सगुन भन्डारी, हेटौडा–५ का अर्जुन बहादुर लामा घाइते भएका छन् ।

हेटौडा अस्पतालको कम्पाउण्ड भित्र रहेको गैडालाई निकुन्जका कर्मचारी, सेना, प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिने प्रयास भइरहेको छ । गैडा नियन्त्रण गर्न पर्सा बन्य जन्तु आरक्षवाट हात्तीसहितको टोली घटनास्थलमा आइपुगेको छ ।

सम्बन्धित शिर्षकहरु