चट्याङ लागेर ५ जनाको मृत्यु

चैत १३ ।काठमाडौ,सप्तरी सितापुर–८ स्थित बाटोमा हिडिरहेको अवस्थामा चट्याङ लागेर सप्तरी हरिहरपुर­३ बस्ने ८२ बर्षीय बिलट चौधरीको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।यसैगरी सप्तरी दिघवा­५ बस्ने ४० बर्षीय दशरथ खङ्ग शुक्रबार बिहान आफनै बारीमा काम गरिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी सप्तरी सितापुर­८ बस्ने ५० बर्षीय रविलाल खङ्ग शुक्रबार बिहान आफनै घरको करेसा बारीमा काम गरिरहेको अवस्थामा चट्याङ्ग लाग्दा घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी घर नजिकै खेतमा काम गर्न गएकोमा अवस्थामा शुक्रबार बिहान चट्याङ्ग लागी गम्भीर घाईते भएका मोरङ्ग थलाहा­१ बस्ने १६ बर्षीय जितेन माझीलाई उपचारार्थ कोशी अंचल अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको छ ।
यसैगरी आप्mनै बारीमा काम गरीरहेको अबस्थामा चट्याङ पर्दा बिहिबार मकवानपुर छतिवन­९ बस्ने ५२ बर्षीय ईन्द्र बहादुर थिङको घटनास्थलमै मृत्यु भएको छ ।

सम्बन्धित शिर्षकहरु