चैत ८ ।न्युयोर्क, न्युयोर्कको ब्रुकलिन क्षेत्रस्थित एक घरमा भएको आगलागीमा परी सात जना बालबालिकाको मृत्यु भएको छ । मध्यरातमा लागेको आगोमा जलेर उनीहरुको मृत्यु भएको हो । पाँचदेखि १५ वर्षसम्मका बालबालिकाको आगलागीमा परेर मृत्यु भएको हो । विगत सात वर्षमा सहरमा यो आगोका कारण भएको सबैभन्दा ठुलो दुर्घटना हो ।
यो घटना पीडित परिवार समुदाय र पूरै सहरका लागि सबैभन्दा ठुलो दुर्घटना मानिएको छ । पुरै परिवार घरको माथिल्लो तलामा रहेका बेला आगो सिढीसम्म पुगिसकेको थियो । यस्तो अवस्थामा उनीहरुसँग तल झर्ने कुनै उपाय थिएन ।घरमा आगोको सूचना दिने स्मोक डिटेक्टर नरहेको कारण दुर्घटना भएको थियो । उनका अनुसार एक बच्चा र महिलाले भने झ्यालबाट हामफालेर ज्यान बचाएका छन्। उनीहरु पनि गम्भीर घाइते भएका छन् । भान्सामा रहेको एउटा हट प्लेटमा आएको खराबीका कारण आगलागी भएको फायर डिपार्टमेन्टका प्रवक्ता जिम लन्गले जानकारी दिए ।








