मुटु बाहिर निस्किएको शिशुको जन्म

चैत ८ ।धरान,बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज मुटु बाहिर निस्किएको शिशुको जन्म भएको छ ।
झापा बनियानी–४ की श्रुति कार्कीले बिहान ५ बजेर ५ मिनेट जाँदा मुटु शरीर बाहिरै रहेको शिशुको जन्मा दिनु भएको हो ।
चारदिन अघि सुत्केरी व्यथा लागेर प्रतिष्ठानमा उपचारका लागि ल्याइएकी श्रुतिको शल्यक्रियामार्फत बच्चा निकालिएको हो । कार्कीको शल्यक्रिया प्रतिष्ठानका डा रमेश श्रेष्ठले गर्नुभएको थियो । शिशुको तौल दुई किलो ४०० ग्राम रहेको छ ।
शिशुको अवस्था हालसम्म सामान्य रहेपनि बाहिर रहेको मुटु शल्यक्रिया गरेर भित्र राख्नेसम्मको उपचार सेवा प्रतिष्ठानमा नभएकाले थप उपचारका लागि कान्तिबाल अस्पतालमा सिफारिस गरिएको उपचारमा संलग्न डा श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु