चैत ७ ।काठमाडौ,“जातीय भेदभावविरुद्ध लड्न विगतबाट पाठ सिकौ” भन्ने नाराका साथ ४९औ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
दलित आयोगको संयोजनमा दलितसँग सम्बन्धित विभिन्न संघसंस्थाले काठमाडौमा बृहत र्याली तथा कार्यक्रम भैरहेको छ ।बिहान ११ बजे काठमाडौको सहिदगेटबाट र्याली निकालेर पुलिस क्लबमा विशेष कार्यक्रम गर्ने दलित आयोगले जनाएको छ । दिवसको अवसरमा दलित अधिकार संरक्षण र प्रवर्द्धन गर्न महासंघको नेतृत्वमा तयार पारिएको नेपालमा छुवाछुत तथा जातीय भेदभाव अन्त्यका निम्ति ६ बर्षको रणनीतिक योजना तयार पारिएको छ ।
दक्षिण अफ्रिकामा सन् १९५९ मा साप भिल्ले शहरमा गोराजातिको रङ्ग विभेदका विरुद्ध आन्दोलनमा उत्रिएका ६९ जना काला जातिको हत्या गरिएको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।संयुक्त राष्ट्रसंघले त्यस घटनालाई मानव अधिकारको हनन भनेर सन् १९६६ मा सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित पनि गरिसकेको छ ।








