नेत्रविक्रम चन्द पक्षका १७ जना नेता, कार्यकर्ता पक्राउ

काठमाडौँ,लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तको घरमा कालो झन्डा गाड्ने नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीका नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । बाँसबाबरीस्थित पन्तको घरमा कालो झण्डा गाडेर फर्कने क्रममा शुक्रबार माओवादीका नेता, कार्यकतालाई प्रहरीले पक्राउ गरेको हो ।पन्तको निवासमा चेतावनी कार्यक्रमस्वरुप कालोझण्डा गाडेर फर्कने क्रममा प्रहरीले आफ्ना १७ जना नेता, कार्यकर्तालाई पक्राउ गरेको माओवादी कार्यालय सचिव गुणराज लोहनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउपर्नेमा पोलिटब्यूरो सदस्य असारे काका, पूर्वमन्त्री पदम राईसहितका नेता कार्यकर्ता रहेका छन् । उनीहरुलाई हनुमानढोकामा राखिएको छ ।
बोर्डका कार्यकारी अधिकृत पन्तले माथिल्लो कर्णालीलगायत विभिन्न जलविद्युत् आयोजनामा सभ्झौता गरेको विरोधमा कालो झण्डा गाडिएको माओवादीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु