युवा संघको दुवै पक्षका भेला स्थगित

काठमाडौ,असन्तुष्ट समूहले समानान्तर कार्यकर्ता भेला गर्न लागेपछि युवा संघ नेपालका दुवै पक्षका भेला स्थगित गर्न एमालेले निर्देशन दिएको छ ।

एमाले युवा फाँट ईञ्चार्ज शेरबहादुर तामाङले संस्थापन समूहले हेटौंडामा शनिबार र आइतबारका लागि आयोजना गरेको युवा परिषद्को बैठक र केन्द्रीय कमिटीको विस्तारित बैठक स्थगित गर्न निर्देशन दिनु भएको हो ।
ईन्चार्ज तामाङले शुक्रबार बिज्ञप्ति मार्फत तीन बुँदे विशेष निर्देशन दिंदै काठमाडौंमा असन्तुष्ट समूहले आयोजना गरेको समानान्तर कार्यकर्ता भेला स्थगित गर्न भन्नु भएको हो । युवा संघभित्रको विवाद समाधान गर्ने गरी तत्काल कदम चाल्न स्थायी कमिटीसमक्ष तामाङले अनुरोध गर्नु भएको छ ।
संस्थापन समूहलाई चुनौति दिंदै असन्तुष्ट समूहले समानान्तर गतिविधि गरेपछि एमालेको युवा संघ विवाद उत्कर्षमा पुगेको हो ।

सम्बन्धित शिर्षकहरु