चैत ४ ।काठमाडौ, नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नरका लागि युवराज भुषाल, चिरञ्जीवी नेपाल र गोपालप्रसाद काफ्लेको नाम सिफारिस गरिएको छ । अर्थमन्त्री डाक्टर रामशरण महत नेतृत्वको तीन सदस्यीय सिफारिस समितिले आज तीन जनाको नाम सिफारिस गरेको हो । समितिले आज गरेको सिफारिसका आधारमा भोलि मन्त्रिपरिषद्बाट सरकारले गभर्नर चयन गर्नेछ । मन्त्री महत नेतृत्वको समितिमा पूर्वगभर्नर हिमालयशमशेर राणा र अर्थविद् पार्थिवेश्वर तिमिल्सिना सदस्य रहेको टोली गठन गरिएको थियो ।
समितिका सदस्य तिमिल्सिनाले युवराज भुषाल, चिरञ्जीवी नेपाल र गोपालप्रसाद काफ्ले गरी तीन जनाको नाम सिफारिस गरेको जानकारी दिनुभयो । आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरेपछि गभर्नर युवराज खतिवडाले बिहीवार अवकाश पाउँनु हुनेछ ।








