चैत ४ ।तलेअभिव,इजरायलमा सम्पन्न आम निर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक दलले विजय हासिल गरेको छ । मङ्गलबार सम्पन्न भएको निर्वाचनमा यस्तो नेतान्याहुको दलले यस्तो मत पारीणामा भएको हो ।
प्राप्त पछिल्लो समाचार अनुसार प्रधानमन्त्री नेतान्याहूको राजनीतिक दल लिकुड पार्टीले विजय हासिल गरेको बताइएको छ । यद्यपि यसको औपचारिक घोषणा भने गरिएको छैन ।बुधबार बिहानसम्म सो आमनिर्वाचनको झन्डै ९९ प्रतिशत मतगणना सकिएको छ । सो मतगणनापछिको अनुमानअनुसार उक्त दलले विजय हासिल गर्ने निश्चित भएको बताइएको छ ।
यस विजयको घोषणा प्रधानमन्त्री नेतान्याहूले यसअघि नै गरिसक्नुभएको छ । तर विपक्षी दल जियोनिष्ट युनियनका नेता आइज्याक हर्जोेगले त्यसलाई स्वीकार नगर्ने बताएको समाचारमा जनाइएको छ ।
मङ्गलबार भएको सो आमनिर्वाचनमा उहाँको दलले विजय हासिल गर्ने र थोरैमात्र स्थानले उक्त दलले नेतृत्व गर्ने भनी दिइएका निर्वाचन सर्वेक्षणअनुसार उहाँले सोमबार प्रतिक्रिया दिनुभएको थियो ।








