रुपन्देही घर भएका नेपालीहरु सिड्निमा भेला हुँदै

rupandehi-bhet-ghatरुपन्देहीबाट अष्ट्रेलिया आई बसोबास गर्ने नेपालीहले आगामी मार्च २२ तारिखका दिन भेटघट गर्ने कार्यक्रम रहेको छ । जिल्लावासीहरुबीच एकता गरी संगठित हुने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको हो । “सामाजीक रुपान्तरणका लागी समुन्नत समाज” भन्ने नारा सहित उनीहरुले यस्तो भेटघाट गर्न लागेका हुन् ।

दिउँसो २ बजे केन्ड्रिक पार्क टेम्पेमा भेलाको आयोजना गरिएको कार्यक्रमका संयोजक कृष्ण गैरेले जानकारी दिनु भयो । अस्ट्रेलिया पुगेका नेपालीहरुले जिल्ला तथा जन्मभूमीको पहिचान राख्दै संगठन खोल्ने क्रम बढेको छ । यस्ता संगठनहरुले सामाजिक काममा सहयोग गर्दै पनि आएका छन ।

सम्बन्धित शिर्षकहरु