चैत २ ।काठमाडौँ,गत आर्थिक बर्षको पहिलो सात महिनाको तुलनामा चालु आवमा अन्तर्राष्ट्रिय लगानी उल्लेख्य रुपमा वृद्धि भएको छ । उद्योग विभागले संकलन गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा १३६ आयोजनामा वैदेशिक लगानी भित्रिएकोमा यस आर्थिक वर्षमा १९४ आयोजना दर्ता भएका छन् ।
आम जनतामा राजनीतिक एवम् आर्थिक समृद्धिको चेतना विकास हुँदै गएकाले औँद्योगिक क्षेत्रमा अन्तर्राष्ट्रिय लगानीकर्ता आकर्षित भएका छन् ।अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालप्रति सकारात्मक सन्देश गएकाले चालु आर्थिक वर्षमा औद्योगिक क्षेत्रमा वैदेशिक लगानीे उत्साहबद्र्धक बन्दै गएको हो ।
विभागका महानिर्देशक महेश्वर न्यौपानेका अनुसार सेवा क्षेत्र र पर्यटन क्षेत्रमा बढी आयोजना आएको छ । छिमेकी राष्ट्र भारत र चीनबाट नै सबैभन्दा ठूलो लगानी आएको छ । भारतका लगानीकर्ता ऊर्जा, पूर्वाधार र उत्पादन क्षेत्रमा बढी आकर्षित भएका छन् । चिनियाँ लगानी सेवा क्षेत्रमा केन्द्रीत भएको देखिन्छ ।महानिर्देशक न्यौपानेले पछिल्लो समयमा वैदेशिक लगानी आकर्षित भएको भए पनि पर्याप्त नभएको बताउनुभयो ।
औद्योगिक क्षेत्रमा नेपालले सुविधा उपलब्ध गराउन नसकेकै कारण पर्याप्त लगानी आउन नसकेको हो ।महानिर्देक न्यौपानेले भन्नुहुन्छ, “औद्योगिक क्षेत्रमा हामीले सुविधा नबढाउने हो भने ८०० प्रशितले वृद्धि विदेशी लगानी आउँछ, कम सुविधा भएकै कारण खुल्न नसकेको हो ।”यस अवधिमा पूर्वाधार, उत्पादन, मिनीरल सेवा, पर्यटनका क्षेत्रमा वैदेशिक लगानी भित्रिएको हो । पछिल्लो समयमा आएको प्रतिवद्धताअनुसार यस आवको पहिलो सात महिनामा सात हजार ३२३ नयाँ रोजगारीको अवसरको सिर्जना भएको छ ।
विभागका महानिर्देशक महेश्वर न्यौपानेका अनुसार सेवा क्षेत्र र पर्यटन क्षेत्रमा बढी आयोजना आएको छ । छिमेकी राष्ट्र भारत र चीनबाट नै सबैभन्दा ठूलो लगानी आएको छ । भारतका लगानीकर्ता ऊर्जा, पूर्वाधार र उत्पादन क्षेत्रमा बढी आकर्षित भएका छन् । चिनियाँ लगानी सेवा क्षेत्रमा केन्द्रीत भएको देखिन्छ ।महानिर्देशक न्यौपानेले पछिल्लो समयमा वैदेशिक लगानी आकर्षित भएको भए पनि पर्याप्त नभएको बताउनुभयो ।
अयोजनाको दृष्टिकोणले चीन अगाडि छ । रकमका आधारमा भारतबाट बढी लगानी आएको छ । चिनियाँ लगानी रेष्टुराँ तथा भाषा इन्टिच्युटमा बढी आएको छ । पछिल्लो समयमा चीनको लगानी ऊर्जा तथा पूर्वाधारमा पनि आउन थालेको छ ।
नेपालले जलविद्युत् तथा पूर्वाधारलाई विशेष प्राथमिकता दिएता पनि त्यसतर्फ प्रर्याप्त लगानी नआएकाले सन्तुष्टी लिइहाल्ने अवस्था नभएको महानिर्देशक न्यौपानेले बताउनुभयो ।विभागका अनुसार पछिल्लो दुई महिनाको बीचमा धेरै भारतीय लगानीकर्ता सम्पर्कमा आएका छन् ।
जलविद्युतको क्षेत्रमा जिएमआर र सलजले विश्वसनीय वातावरण बनाएको छ भने रिलायन्सले ठूलो आकारको लगानी सिमेन्ट उद्योगमा गर्दैछ । अफ्रिकाको ठूलो सिमेन्ट कम्पनी डाङ्गोटे ठूलो लगानीसहित आउने क्रममा छ ।