फागुन ३० ।संमुवासभा,संखुवासभाको चैनपुरमा १३ वर्षीया छोरी बलात्कार गर्ने बुवालाई प्रहरीले गिरफ्तार गरी कारवाही सुरु गरेको छ। पीडितले इलाका प्रहरी कार्यालय चैनपुरमा शुक्रबार उजुरी दिएपछि आरोपित बुवालाई प्रहरीले शनिबार गिरफ्तार गरी कारवाही सुरु गरेको हो। उनले प्रहरीसँगको बयानमा आफ्नोु कसुर स्वीकार गरेका छन्।नगरपालिकामा शुक्रबार दिउँसो २ बजे कामबाट घर आइ शरिर मसाज गर्न लगाएर बुवाले बलात्कार गरेको पीडितले बताएकी छिन्।
आमा बजार गएको समयमा बुवाले आफुलाई बाबुले दुर्ब्याव्यावहार गरेको भन्दै आमालाई सुनाएपछि घटना खुलासा भएको थियो ।पीडितको स्वास्थ्य परीक्षण खाँदबारी अस्पतालमा शनिबार भयो। प्रहरीले आरोपितलाई जर्वजस्ती करणी महलमा मुद्धा दर्ता गर्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।








