फागुन ३०।काठमाडौँ,सभाध्यक्ष सुवास नेम्वाङले संविधान लेखनका क्रममा दलहरुका बीच टुटेको संवादहीनता जोडिएकोले अब यो सम्बन्ध कहीँ कतैबाट नटुट्ने दावी गर्नु भएको छ ।उहाँले छिटो संविधान जारी नभए देश दुर्घटनामा पर्ने हुनाले दल र तिनका नेतालाई सकारात्मक दबाब दिन सबैलाई आग्रह गर्नुभयो ।
स्वयमसेवी सामाजिक संस्था लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए २ को तेस्रो राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष नेम्वाङले संविधान लेखनका लागि धैरै समय बाँकी नरहेकाले अब बस्ने संविधानसभाको बैठक स्थगन नहुने बताउनु भयो ।पछिल्लो पटक माघ २९ गते बैठक बसेको थियो । बैठक बोलाउने विषयमा दलहरुका औपचारिक तथा अनौपचारिक बैठकले पनि सार्थक रुप लिन सकिरहेको छैन ।शीर्ष नेताहरु न्याय र निर्वाचन प्रणाली, शासकीय स्वरुप र राज्यको पुनःसंरचनका विषयमा चुड्कीका भरमा सहमति हुन्छ भन्ने तर सहमति नगर्ने प्रव्रित्ति मन नपर्ने बताउनु भयो ।








