फागुन २८ ।काठमाडौँ, राष्ट्रिय जनमुक्ति पार्टीका ६ जना नेता कार्यकर्ता “राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक” मा प्रवेश गरेका छन ।
आजै पार्टी परित्याग गरेका उनीहरुले एक सामुहिक बक्तब्य मार्फत उक्त कुराको जानकारी दिएका हुन ।
राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिसद सदस्य लाल बहादुर राना, टोप बहादुर बराल, सानु बाबु लामा, धर्म राज छत्याल(मल्ल) सुबास राइ, र संघीय मगरात लोकतान्त्रिक मञ्चका संयोजक जनलाल थापाले पार्टी पारीत्याग गरेका हुन । वर्तमान पार्टी अध्यक्ष एमएस थापाले शान्ति र संविधान, संघीयता र समावेशीको पार्टीको नीतिभन्दा बाहिर गएर कार्य गरेकोले आफुहरुले उक्त पार्टी परित्याग गरी “राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक” मा प्रवेश गर्ने निर्णय गरेको उनीहरुले निकाले सामुहिक बक्तव्यमा मार्फत जनाइएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी परित्याग गरेका उनीहरु आजै राष्ट्रिय जनमुक्ति पार्टीबाट फुटेर बनेको नयाँ पार्टी राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) मा प्रवेश गरेका छन् ।
काठमाडौँको अनामनगर स्थित सम्बाद डबलीमा एक पत्रकार सम्मेलनको आयोजना गरी उनीहरु आजै नयाँ पार्टीमा प्रवेश गरेका हुन्।
नव प्रवेशी हरुलाई नव गठित पार्टीका नेताहरु सभासद् शिवलाल थापा र सिमा कुमारी बिकेले खादा र अबिर लगाएर स्वागत गरेका थिए ।
यस अघि पनि विभिन्न १५ टुक्रामा विभाजित भइसकेको २५ बर्ष पुरानो इतिहास बोकेको राष्ट्रिय जनमुक्ति पार्टीको यो १६औ पटकको बिभाजन भएको सभासद शिवलाल थापाले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।








