फागुन २५ । काठमाण्डौ,भारतको बेंगलुरुबाट ७८ यात्रु लिएर आइरहेको विमान कर्नाटकको हुबली विमानस्थलको रनवेमा चिप्लिएको छ।ठुलो वर्षाका कारण अवतरणका क्रममा विमान रनवेबाट चिप्लिएको हो । तर यात्रु र विमान भने पूर्ण रुपमा सुरक्षित रहेको बताइएको छ। स्पाइस जेटका बरिष्ठ अधिकारीहरुका अनुसार विमान बेंगलुरुबाट आइरहेको थियो । ठुलो वर्षाका कारण अवतरणका क्रममाा रनवेबाट चिप्लिएको हो ।
विमानमा सवार सबै यात्रु र चालक दलका सदस्य भने सुरक्षित रहेका छन् ।विमानमा कर्नाटकका सूचना मन्त्री रोशन बेग पनि सवार थिए । मन्त्री बेगले भने,म अघिल्लो पंक्तिमा बसेको थिएँ । साँझ करिब ६ बजेर ४० मिनेटमा पाइलटले भने कि हुबली विमानस्थलमा भारी वर्षा भइरहेको छ । त्यसको करिब आधा घण्टासम्म विमान आकाशकै घुमिरह्यो ।उनले भने–जब विमान अवतरण भयो, तब अवतरण निकै खराब थियो । विमान पूर्णरुपमा हल्लिरहेको थियो । मलाई लाग्यो कि अब सबै कुरा खत्तम भयो । उनका अनुसार विमान एकतर्फ झुकेको थियो।स्पाइस जेटका मुख्य प्रशासनिक अधिकारी जीपी गुप्ताले भने–कसैलाई चोटपटक लागेको जानकारी छैन । स्पाइस जेट घटनाको विस्तृत जाँच गरिरहेको छ।








