फागुन २५ ।काठमाडौ, रोजगारको लागि कतार पुगेकी एक नेपाली युवतीले आफ्नो क्याम्पको शौचालयमा बच्चा जन्माएकी छिन । २३ बर्षीया ती युवतीले गत आइतबार राति आफ्नो क्याम्पको शौचालयमा बच्चा जन्माएपछि मात्रै अरुले थाहा पाएका थिए।यधपी ति युवतीले बच्चा नजन्माउन्जेल पनि उनी गर्ववती भएको कुरा सँगै काम गर्ने साथीले सेमत थाहा पाउन सकेका थिएनन । अरुले उनको पेटको साइज बढ्दै गएको देखे पनि ती युवतीले भने मोटाएको बहाना गर्दै ढाट्दै आएको थिइन ।ती युबतीले जन्माएको बालक करिब तीन किलोको रहेको छ ।
युवतीका साथीले दिएको जानकारी अनुसार शौचालयभित्र छिरेकी उनी प्रसव पिडाले चिच्याउन थाले पछि मात्रै अरुले चाल पाएका थिए । घटना पछि शौचालय खोलेर हेर्दा उनले त छोरो जन्माइसकेकी थिइन । आमा र बच्चालाई हमादको महिला अस्पतालमा राखिएर थप उपचार गरिएको छ भने दुबैको अबस्था सामान्य छ ।ती युबतीले कतार प्रहरीलाई दिएको बयान अनुसार नवजात शिशुका पिता तनहुँका परियार थरका एक युबक हुन ।९ बर्षदेखि कतारमा ड्राइभिङ गर्दै आएका ती युबक बिबाहित हुन् र उनको दुई वटा बच्चा रहेको खुलेको छ । युबती गर्भवति भएर पनि नियमित डिउटी जाने गरेकी थिइन् । आमा र बच्चा बाहिर बस्ने ठाँउ नभएकोले अस्पतालमै छन् ।युबतीले बिबाह दर्ता देखाउन नसकेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । बच्चाको जन्म दर्ता बनाउने बेला अस्पतालले बिबाह दर्ता र बाबुको राहदानी मागेको थियो । युवातीका साथी एक नेपालीका अनुसार दुबै प्रमाणपत्र देखाउन नसकेपछि अस्पतालले प्रहरीलाई खबर गरेको थियो ।कतारको कानुन अनुसार अवैध सम्बन्ध राखेर बच्चा जन्माउनु गभिर अपराध मानिन्छ । यस्तोमा युबती र युबक दुबै कारबाहीको भागिदार हुनुपर्नेछ । यो मुद्दाको अदालतबाट फैसला नभएसम्म बच्चा र आमालाई नेपाल पठाउन नपाईने दुताबासले जनाएको छ ।








