अधिकतम सहमतिका साथ संविधान जारी हुन्छ :नेता भुषाल

फागुन २३ ।म्याग्दी,नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले दलहरुबीच सफल वार्ता हुने संभावना देखिएकोले आगामी जेठ १५ गते नयाँ संविधान जारी हुने दावी गर्नु भएको छ ।
प्रेस चौतारी नेपाल म्याग्दी शाखाले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भुसालले विपक्षी दलहरुसँग सुरु भएको वार्ता सकारात्मक बन्दै गएकाले अधिकतम सहमतिमा संविधान जारी हुने बताउनुभयो ।

जेठ १५ गते गणतन्त्र स्थापना दिवसको अवसर पारेर संविधान जारी गर्ने विषयमा छलफल चलिरहेको भन्दै नेता भुसालले संविधान निर्माणका लागि अब नेपाली काँग्रेसले सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नु भयो ।

सम्बन्धित शिर्षकहरु