जापानको ओशाका निवासी टोमोको कांडा सबैभन्दा क्युटेस्ट बडी विल्डरका रुपमा परिचित छिन् । टोमोकोले निकै मसल्स ग्रो गरेकी छन् । तर साथसाथै आफ्नो सुन्दरतालाई पनि कायमै राखेकी छन् ।पहिलोपटक उनले २३ वर्षको उमेरमा बडी बिल्डिङ सुरु गरेकी हुन् । तर, चाँडै नै उनको तौल बढ्न थाल्यो । आफ्नो एक साथीको सल्लाहमा टोमोकोले वजन घटाउने काम सुरु गरिन् । उनले सबैभन्दा पहिला सन् २००२ मा एउटा बडी बिल्डिङ प्रतियोगितामा भाग लिइन् । फेरि २००४ मा दोस्रोपटक पनि सहभागी भइन् । टोमोको भन्छिन्–अहिले त कुनै दिन जिम गइनँ भने विचित्र अनुभव हुन्छ ।टोमोकोको उमेर अहिले ४८ वर्ष भइसक्यो । उनी आफ्नो शरीरको रुपरंगका बारेमा भन्छिन्–यसमा सबैभन्दा ठुलो कन्ट्रिब्युसन डाइटको हो ।
आफ्नो सुन्दरता कायमै राख्नका लागि उनी खानेकुरामा विशेष ख्याल राख्छिन् । दिनको सुरुवातमा दुध र लस्सीबाट गर्छिन् । डाइट र जिमपछि उनी ब्युटीमा पनि विशेष ख्याल राख्छिन् ।








