फागुन २२ ।पोखरा,कास्कीकोटको साराङकोटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन । कास्कीबाट मुन्टेचौरबाट पोखरातर्फ आइरहेको ग१ख ४८४९ नंको बस आज बिहान सराङ्कोटको गोठादीमा दुर्घटनाग्रस्त भएको हो ।
बस ब्रेक फेल भई करिब १०० मि तल खोल्सामा खसेको थियो । मृतकको नामथर भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कास्कीले जनाएको छ । घाइतेको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।








