मुस्ताङमा अलपत्र परेका सात पर्यटकको उद्धार

फागुन २० । मुस्ताङ,तीन दिनदेखि हिमपातले मुस्ताङको लोमान्थाङमा अलपत्र परेका सात पर्यटकको उद्धार गरिएको छ । प्रहरीले हेलिकप्टर मार्फत मङ्गलबार दिउँसो उद्धार उनीहरुलाई उद्धार गरेको हो । मनाङ एयरको हेलिकप्टरमार्फत तीन विदेशी र चार नेपालीसहित सातजनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई उद्धारपछि सिधै काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

उद्धार गरिएका विदेशीमा दुई जर्मनी र एक इटालियन नागरिक रहेको प्रहरी नायब उपरीक्षक गोविन्द पाठकले जानकारी दिनुभयो । “उनीहरुको पहिचान भने हुन सकेन, उनीहरु एक हप्ताअघि कागबेनीबाट लोमान्थाङ छिरेका थिए, प्रनाउ पाठकले भन्नुभयो, “भ्रमण सकेर फर्कने क्रममा हिउँ परेपछि उनीहरु अलपत्र भएका थिए ।”मौसम सुरु नहुँदै ती पर्यटक लोमान्थाङ जाँदा समस्या उत्पन्न भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङका प्रमुख विदुर कुइँकेलले जानकारी दिनुभयो । भारी हिमपातमा परी मुस्ताङमा दुई जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित शिर्षकहरु