आयरल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको २०१ रनको जित

फागुन १९ ।काठमाडौ,एक दिवसीय विश्‍वकप क्रिकेटमा दक्षिण अफ्रिकाले आयरल्याण्डमाथि २ सय १ रनको जित हासिल गरेको छ। अष्ट्रेलियाको राजधानी क्यानबेरा मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा ४ सय ११ रनको फराकिलो लक्ष्‍य पछ्‍याएको आयरल्याण्ड ४५ ओभरमा सबै सबै विकेट गुमाएर २ सय १० रनमै समेटियो।आयरल्याण्डका एन्डी बालबिराइनले ७१ बलमा ७ चौकाको मद्दतले ५८ रन बनाए भने केभिन ओभ्रेइनले ४८ रन बनाए। यस्तै जर्ज डक्रेलले २५ रन, म्‍याक्स सोरेनसेनले २२ रन, नअल ओब्रेनले १४ रन र विलियम पोर्टरफिल्‍डले १२ रन बनाए।

यता, दक्षिण अफ्रिकाका किल अबोटले ४ विकेट, मोर्ने मोर्केलले ३ विकेट, डाले स्टिनले २ विकेट र ए बीडि भिलिर्यले १ विकेट लिएका थिए।
तर दक्षिण अफ्रिकाको लागि हसिम अम्लाले १२८ बलमा १६ चौका र ४ छक्‍का प्रहार गर्दै १ सय ५९ रन बनाए भने फाफ डु प्लेसीसले १० चौका र एक छक्‍का प्रहार गर्दै १ सय ९ रन बनाएका थिए। यसैगरी राईले रुसो नटआउट रहँदै ६१ रन तथा डेभिड मिलरले पनि नटआएट हुँदै ४६ रन बनाएका थिए।
विश्वकपमा दक्षिण अफ्रिकाले ४ सयभन्दा बढी रन यो दोस्रो पटक बनाएको थियो। यसअघि दक्षिण अफ्रिकाले वेस्टइन्डिजसँगको खेलमा ४ सय ८ रन बनाएको थियो।
प्रतियोगितामा दक्षिण अफ्रिकाले आफ्‍नो आक्रामक प्रदर्शन गरेको थियो भने सुरुआती दुई खेल जितेको आयरल्यान्ड आज भने आफ्‍नो तेस्रो खेलमा जितको खोजीमा भए पनि फराकिलो रनले पराजित हुन पुगेको थियो।

सम्बन्धित शिर्षकहरु