जसरी पनि संविधान बन्छ :उपप्रधानमन्त्री सिंह

prakashmanफागुन १८ ।पाँचथर, उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले जसरी पनि संविधान जारी गरेरै छोड्ने बताउनु भएको छ ।

जिल्ला विकास समितिको २३औँ जिल्ला परिषद्को उद्घाटन गर्न पाँचथर आइपुग्नुभएका सिंहले आज बिहान पार्टी कार्यालयमा कार्यकताहरुसँग कुरा गर्दै सहमतिको नाममा संविधानसभालाई तुहिन नदिने दावी गर्नु भयो । कुनै पनि हालतमा संविधान जारी गरेरै छाड्ने बताउनुभएको हो ।
काँग्रेसका महामन्त्रीसमेत रहनु भएका सिंहले सहमतिबाटै संविधान जारी गर्नुपर्ने पार्टीको धारणा रहेको बताउनुभयो ।
उहाले सहमतिबाट संविधान जारी गर्न विपक्षी दलहरुसँग वार्ता चलिरहेको र प्रक्रियालाई पनि अघि बढाइएको बताउनु भयो ।
मुलुकमा परिवर्तन ल्याउन काँग्रेसले ठुलो भूमिका रहे पनि क्रान्तिबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न अरु दलहरु लागि नपरेको उहाको भनाइ थियो ।

सम्बन्धित शिर्षकहरु