काठमाडौ,लोक सेवा आयोग तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी नियुक्तिका लागि छलफल गर्न बसेको बसेको संवैधानिक परिषद्को बैठक निश्कर्षबिना नै सकिएको छ।
आयोगका पदाधिकारी नियुक्तिका लागि छलफल र सिफारिस गर्न संवैधानिक परिषद्का अध्यक्ष रहेका प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार बिहान बोलाएको सिंहदरबारमा बोलाउनु भएको बैठक दलीय भागबन्डामा सहमति नभएपछि निर्णयबिना नै टुंगिएको हो।
बैठकमा प्रमुख प्रतिपक्षी नेता एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए । परिषदमा प्रधानन्यायधीश, सभामुख र प्रधानमन्त्रीले तोकेका मन्त्रीहरु सदस्य रहने प्रावधान छ।
लोकसेवामा अध्यक्ष र चार सदस








