ट्युसन सेन्टरभित्रै दुई किशोरीमाथि एसिड प्रहार

फागुन १० । काठमाडौं, काठमाडौंको बसन्तपुर स्थित एक ट्युसन सेन्टरभित्र बसिरहेका दुई किशोरीमाथि आज अज्ञात समूहले एसिड प्रहार गरेको छ ।

बसन्तपुर झोछेस्थित ए प्लस ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा रामेछाप खनियापानी ८ घर भई बसन्तपुर बस्ने १६ वर्षकी संगिता मगर र रौतहटकी १५ वर्षीया सीमा बस्नेतमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ । दुबै किशोरी एसएसलसी तयारीका लागि ट्युसन पढ्न याँहा आएका हुन । विहान करिव सवा ६ बजे ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा मास्क लगाएर आएको समूहले एसिड प्रहार गरेर फरार रहेका थिए । पीडितहरुले बताए अअनुसारनुसार मास्क लगाएर आएको ३/४ जनाको समूहले एसिड छ्यापेर भागेको थियो ।एसिडले संगिताको छाती र खुट्टामा गम्भीर चोट लागेको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।सीमाको भने अनुहारमा नै एसिड परेको छ । उनलाई केएमसी अस्पताल सिनामंगल रिफर गरिएको अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु