संविधान नबनेको विरोधमा ६०१जना सभासदको मासिक श्राद्ध

Savasad-shadraफागुन ९ ।रौतहट जिल्लाका एक युवकले दोस्रो संविधान सभाको लागि तोकिएको समय माघ ८ मा पनि संबिधान बनाउन नसकेको भन्दै ६०१जना सभासदको मासिक श्राद्ध गर्नु भएको छ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका १ चन्द्रनिगाहपुरको मुख्य चोकमा राकेश कुमार शर्माले शुक्रबार ६०१जना सभासदको मासिक श्राद्ध गर्नु भएको हो ।हिन्दु संस्कार अनुसार शर्माले मुख्य चोकमा ब्राम्हण ल्याएर श्राद्द गर्नु भएको हो । उहाले कालो बस्त्र धारण गरेर सभासदहरुलाई कालो पिण्ड अर्पण गर्नु भएको थियो ।स्थानीय दुर्गा मन्दिरका पुजारी मुन्नालाल तिवारीले पंण्डितका रुपमा मन्त्र उच्चारण गर्दे श्राद्ध गर्नु भएका शर्माले मासिक रुपमा सभासदलाई मृत घोषणा गर्दे द्ध गर्दे जाने बताउनु भयो । उहाले पहिलो संबिधानसभा देखीनै सांकेतिक रुपमा सभासदको बिरुद गर्दा पटक पटक प्रहरीबाट पक्राउ परेको बताउनु भयो ।

बर्दिया जिल्लाको गुलरिया नगरपालिका घर भएका शर्मा हाल मकवापुर जिल्लामा बस्दै आउनु भएको छ । नेपालको संबिधान जारी नभए सम्म आफुले सभासदको बिरोधमा श्राद्ध गरिरहने शर्माले बताउनु भयो । सभासदहरुले जनतालाई संबिधान दिनुको साटो भत्ता पचाउने खेलमा मात्र लागेको उहाको भनाई रहेको छ ।नेपाली नागरिकहरुलाई झुक्याई झुटो प्रतिबद्धता दिएको हुनाले सभासदहरु मरे सरह हुन भनी आफुले धनुषाको जनकपुरमा २०७१ साल माघ १९ गते १२ औँ दिनमा सभासदहरुको श्राद्ध गरेको पनि शर्माले जानकारी दिनु भयो ।

६०१जना सभासदको श्राद्ध गर्ने कार्यक्रम चलिरहदा स्थानीय बासिन्दा तथा बटुहरुको चन्द्रनिगाहपुर चोकमा भिड लागेको थियो । पहिलो संविधान सभा निर्वाचन देखि हालसम्म संविधान निर्माणको नाममा संविधान सभाको भत्ता, तलब, सबै सेवा सुविधाहरु लिन र संविधान सभालाई भत्ता खाने थलो बनाउन तथा राज्यकोष ढुकुटी रित्याउन र सिध्याउने काम गरेको उहाले माग गर्नु भएको छ ।

सम्बन्धित शिर्षकहरु