मलाई सिध्याउने षड्यन्त्र भैरहेको छ :प्रचन्ड

काठमाडौ,एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामीहरुले आफूलाई सिध्याउने तानाबाना बुनेको जानकारी आफूले पाएको दावी गर्नुभएको छ । नेपाल राष्ट्रिय प्राध्यापक संघ र नेपाल राष्ट्रिय इन्जिनिरिङ संगठनले राजधानीमा शुक्रबार आयोजना गरेको अन्तरक्रियामा प्रचण्डले यतिबेला आफ्नो ज्यानको खतरा बढ्दै गएको जानकारी दिनु भयो ।

उहाले गिरिजाप्रसाद कोइराला र आफुबीच धेरैजसो राजनीतिक बिषय मिल्ने गरेको स्मरण गराउनु भयो । उहाले सहमतिमै संविधान जारी गर्नका लागि आफूले अधिकतम प्रयास गर्ने बताउनु भयो । प्रचण्डले अन्तिमसम्म पनि सहमतिको प्रयास जारी राख्ने बताउनु भयो । काङ्ग्रेस–एमालेले बहुमतका आधारमा पेलेर जाने मनस्थिति नत्यागेसम्म आफूहरु आन्दोलनबाट नफर्कने प्रचण्डको भनाइ छ ।

सम्बन्धित शिर्षकहरु