काठमाडौ, पाकिस्तानले विन्टर कप अन्तर्राष्ट्रिय व्हीलचेयर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । ३ खेलको शृंखला पाकिस्तानले ३–० ले कब्जा गरेर शुक्रबार उपाधी जितेको हो । शुक्रबार पुल्चोक इन्जिनिएरिङ क्याम्पसमा २ खेल भए । १० ओभरको पहिलोमा पाकिस्तानले नेपाललाई ४ रनले पराजित ग¥यो भने ५ ओभरको दोश्रो खेलमा पाकिस्तान ९ विकेटले विजयी भयो । बिहीबार भएको पहिलो खेलमा पाकिस्तान ५ विकेटले विजयी भएको थियो ।
नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघद्वारा आयोजित प्रतियोगितामा पाकिस्तानका असद उल्लाह ‘म्यान अफ द सिरिज’ र उत्कृष्ट ब्याट्सम्यान चुनिए । नेपालका कप्तान हिमाल अर्याल उत्कृष्ट फिल्डर चुनिए ।








