जेल जिवन बिताइरहेका पारसलाई भेट्दै हिमानी

himaniजेल जिवन बिताइरहेका आफ्ना पति पूर्वयुवराज पारसलाई भेट गर्नको लागि पूर्वयुवराज्ञी हिमानी थाइल्यान्ड पुग्नु भएको छ ।उहाले मंगलबार थाइल्याण्डको स्थानीय उदुङखानी जेलमा गएर पारसलाई भेट्नु हुनेछ ।

बिहीबार स्वकीय सचिव स्मिता सिंहका साथ थाइल्यान्ड पुग्नु भएकी हिमानी पतिसँग भेटलगत्तै नेपाल फर्कने कार्यक्रम रहेको बताइएको छ ।

निजी सचिव सिंह, धीरेन्द्रपुत्री सिताष्मा, वकिल साक्छाई र केही नेपालीलेसमतले हिमानीसँग पारसलाई भेट गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । पूर्वरानी कोमलको पर्सि फागुन ७ गतेको जन्मदिन मनाउन हिमानी छिट्टै नेपाल फर्कन लाग्नु भएको हो ।
स्रोतका अनुसार जमानत फिर्ता लिएर निजी वकिल साक्छाईलाई परिवारले मिलाएपछि उहा समेत पारसलाई भेट्न जान लाग्नु भएको हो ।

थाइल्यान्डस्थित नेपाली दुतावासको पत्रसहित हिमानीसहित नेपाली टोली उदुङखानी कारागार जान लागेको हो । दूतावासको आधिकारिक पत्र भएमा लामो समयसम्म भेट गर्न दिने व्यवस्था भएपछि थाइल्यान्ड पुगेको टोलीले दूतावासको पत्रसहित पारसलाई भेट्न लागेको हो ।

सम्बन्धित शिर्षकहरु