आन्द्रा, मुटु र फोक्सो शरीर बाहिरै रहेको बालकको जन्म

फागुन ३ ।अछाम,अछामको रानीवन गाविसमा आन्द्रा, मुटु र फोक्सो शरीरको बाहिरी भागमा रहेको बालकको जन्म भएको छ ।रानीवन उपस्वास्थ्य चौकीमा गएराति यस्तो अनौठो बालकको जन्म भएको ओ । रानीवन गाविसका स्थानीयवासी लालुराम जैसी र आमा परुदेवी जैसीको सन्तानका रुपमा ती बालकको जन्म भएको स्वास्थ्य चौकी रानीवनका अनमी रीता नेपालीले बताउनुभयो ।
बालकको तीनवटा ओँठ, दुई हातमा १२ औँला रहेको हात बाङ्गो अवस्थामा रहेको दुईवटा जिब्रो रहेको र नाक र मुख एउटै ठाउँमा रहेको अण्डकोष नभएको स्वास्थ्य चौकीका अनमी नेपालीले उल्लेख गर्नु भयो ।
नियमित गर्भजाँच गराउँदै सबै खोप लगाउँदै गरेकी ती बालककी आमाले सुविधा नभएका कारण भिडियो एक्सरे नगरिएको बताएकी छन् । अनौठो जन्म लिएका बालक र सुत्केरी आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अनमी नेपालीले बताउनुभयो । अहिले बालकलाई हेर्नेको घुइँचो लागेको छ ।

सम्बन्धित शिर्षकहरु