दक्षिण अफ्रिकी संसदमा यसरी भयो कुटाकुट

फागुन १ ।दक्षिण अफ्रिका, दक्षिण अफ्रिकाको संसदमा राष्ट्रपति ज्याकब जुमाले वर्षेनी गर्ने सम्बोधनका क्रममा हंगामा भएको छ।विपक्षी इकोनमिक फ्रिडम फाइटर्स पार्टीका सदस्यहरुले यति हंगामा गरे कि सांसदहरुलाई पुलिस लगाएर बाहिर निकाल्नुपर्ने अवस्था आयो ।

विपक्षी सांसदहरुले राष्ट्रपति जुमामाथि सरकारी धनबाट आफ्नो निजी निवास बनाएको आरोप लगाएका थिए । इकोनमिक फ्रिडम फाइटर्स पार्टीले राष्ट्रपतिले लिएको राष्ट्रको धन फिर्ता माग गरेका छन् ।
विपक्षी सांसदहरुले राष्ट्रपतिले आफूहरुलाई धम्काउन बल प्रयोग गरेको बताएका छन् । यता राष्ट्रपति जुमाले भने सबै आरोप अस्वीकार गरेका छन् ।
राष्ट्रपति जुमाको पार्टी अफ्रीकन नेशनल कांग्रेस देशमा निकै लोकप्रिय मानिन्छ । जुमा गत निर्वाचनमा भारी मतका साथ पुनः राष्ट्रपति निर्वाचित भएका हुन् । एजेन्सी

सम्बन्धित शिर्षकहरु