माघ २६ ।चितवन, नेपाल सुनचाँदी व्यवसायी महासंघको दोस्रो साधारणसभा चितवनको सौराहामा हुने भएको छ ।
फागुन १ र २ गते पर्यटकीय नगरी सौराहामा साधारणसभा हुन लागेको महासंघका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र शाक्यले जानकारी दिनुभयो । दोस्रो वार्षिक साधारणसभामा ५० जिल्लाबाट करिव पाँच सय प्रतिनिधिहरुले सहभागिता जनाउने उहाँले बताउनुभयो ।
महासंघमा नेपालभरी करिव १५ हजार व्यवसायी आवद्ध रहेका छन् भने चितवनमा करिब तीन सय व्यवसायी आवद्ध महासंघ चितवन शाखाले जनाएको छ ।
सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष विपेन्द्र रामुदामुका अनुसार राज्यले वार्षिक करिव ६ अर्व रुपैंया सुनचादीबाट राजस्व उठाएको आएको छ ।








