बालिका बलात्कार गर्ने सुनिल सरदार पक्राउ

मोरङ,बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बनिगामा–३ बस्ने १८ बर्षीय सुनिल सरदारलाई प्रहरीले पक्राउ गरेको छ ।

सरदारले शनिबार सोही ठाउँ बस्ने ६ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको जानकारी इलाका प्रहरी कार्यालय हरैचामा आइतबार प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान एवं कारवाहीको लागि इलाका प्रहरी कार्यालय बेलबारीमा पठाएको छ ।

सम्बन्धित शिर्षकहरु