ब्रिटिस र अस्ट्रेलियालीमन्त्रीबीच सिड्नीमा वार्ता

माघ १९ ।सिड्नी,ब्रिटिस र अस्ट्रेलियाली विदेश र प्रतिरक्षामन्त्रीबीच इस्लामिक स्टेट (आइएस) मा विदेशी लडाकूहरुको भर्ना लगायत महत्वपूर्ण एजेण्डाहरुमा छलफल हुने भएको छ । अस्ट्रेलियाको सिड्नीमा सोमबार भइरहेको उच्चस्तरीय वार्ताको प्रमुख मुद्दामा विदेशी नीति, प्रतिरक्षा र सुरक्षाको मुद्दाहरु रहने बताइएको अस्ट्रेलियन संचार माध्यमहरुले जनाएका छन ।

ब्रिटिस विदेशमन्त्री फिलिप ह्यामोन्ड र प्रतिरक्षा मन्त्री माइकल फल्लोनका साथै अष्ट्रेलियाली विदेश मन्त्री जुलीए बिसोप र प्रतिरक्षा मन्त्री केभिन आन्ड्रेवजबीच भेटवार्ता हुने बताइएको छ ।

अष्ट्रेलियामा हुने ब्रिटिस मन्त्रीहरुको यो उच्चस्तरीय वार्षिक बैठक हो । तर हाल हुने यस वार्तामा इस्लामिक स्टेट (आइएस) मा विदेशी लडाकूहरुको भर्ना एक प्रमुख एजेन्डाका रुपमा रहने बताइएको छ ।
अस्ट्रेलियाली समाचारपत्रका अनुसार बेलायत र अस्ट्रेलियाली मन्त्रीबीच हुने यो वार्तामा आतङ्कवाद नै प्रमुख मुद्दाका रुपमा रहने बताइएको छ ।

सम्बन्धित शिर्षकहरु