आगलागीमा परेर बाबु आमा र बालक छोराको मृत्‍यु

agalagiमाघ १६ । काभ्रे, काभ्रेको पनौतीमा भएको आगलागीमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।काभ्रेको पनौती नगरपालिका-१० सुनथानस्थित एक घरमा विहीबार राती आगलागी हुँदै गर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

आगलागीमा परी घरधनी ३८ बर्षका केसीसहित उहाँकी श्रीमति अन्दाजी ३५ बर्षीया भगिरथी केसी र ९ बर्षिय छोरा विपिन केसीको मृत्यु भएको हो । राती १ बजेतिर स्थानीयबासीले केसीको पक्की घरको छतमा राखेको जस्ता र बाँस जलेर पड्किएको थाहा पाएका थिए ।
स्थानीयबासी र प्रहरी मिलेर राती नै उद्धारको कार्य सुरु गरे पनि उनीहरुको घरभित्रै जलेर मृत्यु भइसकेको थियो । करेन्ट सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

सम्बन्धित शिर्षकहरु