बेलायत र अमेरिकाको एउटा कम्पनीले टमाटरको एउटा यस्तो बिऊ तयार गरेका छन् जसको बोटमा ३ देखि ४ किलोसम्मको टमाटर फल्नेछ । यो कम्पनीले तयार पारेको बिऊबाट अहिलेसम्मकै सबैभन्दा ठुलो टमाटर फलेको छ, जुन १० इन्च लामो र साढे ३ किलोभन्दा बढी तौलको छ । यसलाई अहिलेसम्मकै सबैभन्दा ठुलो साइज र तौल भएको टमाटर घोषणा गरिसकिएको छ। साथै कम्पनीले यो बिऊबाट खेती गरेर योभन्दा ठुलो टमाटर उत्पादन गर्ने किसानलाई ५ हजार पाउण्ड पुरस्कार दिने घोषणा पनि गरिसकेको छ।
फर्सी जस्तो टमाटर उत्पादन हुने यो बिऊलाई जिंगनटोमो नाम दिइएको छ। अमेरिका र बेलायतका शोधकर्ताहरु मिलेर २० वर्षको मेहनतपछि यो बिऊ बनाउन सफल भएका हुन् । विशेष रुपमा तयार गरिएको जिंगनटोमोको बिऊबाट उम्रने विरुवाको लम्बाई ६ फुटसम्म हुने गर्दछ । यसबाट १.५ किलोदेखि ३.५ किलोसम्मको टमाटर फल्ने गर्दछ । यसको एउटा बोटमा करिब ११ वटासम्म टमाटर फल्ने बताइएको छ । अर्थात एउटा बोट लगाउँदा ३० किलोसम्म टमाटर उत्पादन गर्न सकिन्छ ।








