५० हजार रुपैयाँ घुस लिँदालिँदै डिएसपी तामाङ पक्राउ

माघ ८ ।काठमाडौ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका डिएसपी रमेश तामाङलाई पक्राउ गरेको छ । आयोगको टोलीले काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलबाट डिएसपी तमाङलाई पक्राउ गरेको हो ।
डिएसपी तामाङलाई ५० हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियारको टोलीले बिहीबार बिहान रंगेहात पक्राउ गरेको हो । तामाङ अहिले अख्तियारको नियन्त्रणमा छन् ।

सम्बन्धित शिर्षकहरु