एमालेको बृहत् कार्यकर्ता भेला राजधानीमा हुँदै

माघ ५ ।काठमाडौ,तोकिएको समयमा संविधान निर्माण हुने वा नहुने भन्ने सन्दर्भमा छलफल गर्न नेकपा एमालेले सोमबार राजधानीमा एकदिने कार्यकर्ता भेला गर्ने भएको छ ।

संविधान निर्माणमा उत्पन्न जटिलता, संविधान जारी हुने नहुनेलगायतका विषयमा पार्टीको दृष्टिकोण, पार्टीको आगामी योजनालगायतका विषयमा जानकारी गराउन भेला गर्न लागिएको एमालेले जनाएको छ ।
मध्यान्ह कमलादीस्थित प्रज्ञा भवनमा हुने भेलालाई अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका अरु शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ । भेलामा उपत्यकाका सबै पार्टी कमिटी, संगठित सदस्य तथा अरु जनवर्गीय संगसंगठनका पदाधिकारी तथा सदस्य, सबै सम्पर्क कमिटी तथा मंचमा आवद्धहरुलाई बोलाइएको छ ।
यसअघि एमालेले उपत्यका बाहिर विभिन्न ठाउँमा कार्यकर्ता भेला गरिसकेको छ ।

उपत्यकामा एकदिने भेला गर्न लागेको हो ।

सम्बन्धित शिर्षकहरु