माओवादीले गरेको बन्दको विरोधमा सर्वसाधारण उत्रिए

पुस २९ । काठमाडौं,एमाओवादीले नेवा तथा तामाङसालिङ बन्द गराइरहेको बेला मंगलबार बिहान नयाँ बानेश्वर चोकमा बन्दको अवज्ञा गर्नेहरुको समूह पनि सकृय रुपमा भेला भए । नारा लगाउँदै राष्ट्रिय झण्डा बोकेर केही युवाहरु उत्रिएका थिए । ती समूह र नजिकै रहेका बन्दकर्तावीच भनाभन हुँदै गर्दा हात समेत हालाहाल हुन सुरु भयो । घटना अघिदेखि नै त्यो स्थानमा प्रहरीको उपस्थिती रहेको हुँदा दुईपक्षीय मुठभेड रोकिन सफल भयो । यस्तै घटना राजधानीका अन्य ठाउँमा पनि भएका छन । प्रहरीले पूर्वनिर्धारित बन्दका कार्यक्रममा त्यसरी सडकमा नउत्रिदिन र हटिदिन आग्रह गरिरहेको थियो भने बन्दकर्ताहरु संविधानमा आफ्नो हक सुनिश्चित गर्न राजनीतिक कारणले सडकमा उत्रेको जिकिर गरिरहेका थिए ।
‘से नो टु बन्द’ भन्दै सामाजिक सञ्जालमार्फत आह्वान गरेर सडकमा निस्किएका बन्द विरोधीहरुलाई प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा र मोहन वैद्य नेतृत्वको माओवादी कार्यकर्ताले नयाँ बारनेश्वरमा लखेटन समेत भ्याए।
अन्य स्थानमा पनि दोहोरो मुठभेडको खतरा बढेको छ ।
विपक्षी दलले गर्ने बन्द र हडतालको विरोधमा सर्वसाधारण नागरिकको आड लिँदै सत्तापक्षले नै योजनावद्ध रुपमा प्रतिकारको तयारी गर्न थालेपछि मुलुक मुठभेडको डरलाग्दो सुरुङतिर फस्न लागेको संकेत देखिन थालेका छन् ।
बन्दको बिरोध गर्न स्वतस्फूर्त रुपमा नयाँ बानेश्वरको कृष्ण सदन अगाडि प्लेकार्ड बोकेर जम्मा भएका केही युवालाई आन्दोलनकारीले लखेटेका हुन् ।उनीहरुमाथि कुटपिट हुन नदिन प्रहरी तैनाथ गरिएकाले कोही पनि घाइते हुन पाएनन् । प्रहरीले बन्दकर्ताको पूर्वनिर्धारित कार्यक्रम हो भन्दै बन्द विरोधीलाई किनारा लाग्न आग्रह गरेका थिए ।
बन्दकर्ताको जुलुसमा वैद्य माओवादीका केन्द्रीय सदस्य दिलिप प्रजापति, प्रचण्डपुत्र प्रकाश दाहाल लगायतको सहभागिता थियो ।
बन्दविरोधीले राजधानीमा मोटरसाइकल र्‍यालीसमेत निकालेका छन् । उपत्यका बाहिरका जिल्लामा पनि बन्दकर्ता र बन्दिविरोधीका समानान्तर प्रदर्शन भएका छन् ।त्यस्तै कलंकी, महराजगन्ज, लगनखेल, भक्तपुर लगायतका क्षेत्रमा पनि यस्ता प्रदर्शन भएका छन् । दाङ, रुपन्देही लगायतका जिल्लामा पनि बन्द अवज्ञा गर्दै भित्री बजारहरु खोल्न थालिएका छन् ।
यसैबीच एमाले सम्बद्ध युवा संघ नेपालले बन्दको विरोध गर्न आह्वान गरेको छ । युवा संघले मंगलवार अपरान्ह पत्रकार सम्मेलन गरी बन्दको विरोधमा उत्रिन आह्वान गर्ने र संविधान निर्माणका लागि दबाब दिने भएको छ । यस्तै नेपाल उध्योग महासंघले पनि बन्दले देशको अर्थतन्त्र थप संकटमा पुग्ने भन्दै बन्द खुलाउन आग्रह गरेको छ ।

सम्बन्धित शिर्षकहरु