पुस २९ ।काठमाडौ, संवैधानिक समितिका सभापति डा. बाबुराम भट्टराईले संविधान लेखनका विवादसहितको पुरानै प्रतिवेदन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाउनु भएको छ । भट्टराईले बुझाएको प्रतिवेदनमा विवादको पुरानै विवरण छ। त्यस्तै एमाओवादी लगायत विपक्षी दलका नेताहरु उपस्थित नभएकोले मंगलबार बस्ने भनिएको संविधानसभाको बैठक स्थगित भएको छ ।
माघ १ गते बस्ने गरी बैठक स्थगित भएको एक नेताले बताए । संवैधानिक समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। सोमबार बेलुकासम्म सहमति खोज्न अन्तिम पटक दिइएको मौका दिइए पनि दलहरु संविधान लेखनका विवादमा सहमति खोज्न असफल भएपछि विवादको विवरणसहितको पुरानै प्रतिवेदन संविधानसभामा पेस गर्ने निर्णय भएको हो।हिजो रातिसम्म भएको वार्ता तथा बैठकबाट कुनै निश्कर्ष आउन नसकेपछि संवैधानिक समितिको सोमबार बेलुका बसेको बैठकले पुरानै प्रतिवेदन संविधानसभामा फर्काउने निर्णय गरेको हो ।








