मेस्सीलाई पछार्दै रोनाल्डो सर्वश्रेष्ठ फुटबलर घोषित

काठमाडौ, २९ पुस । रियल मेड्रिडका फरवर्ड क्रिस्टियानो रोनाल्डोलाई ‘बैलान डी आर’को तर्फबाट सन् २०१४ को सर्वश्रेष्ठ फुटबलर चयन गरिएको छ।बैलान डी आर’ लाई फिफाको तर्फबाट दिइने सबैभन्दा प्रतिष्ठित पुरकास्कार मानिन्छ । पोर्चुगलका फुटबलर रोनाल्डोले यो पुरस्कारको होडमा बार्सिलोनाका फरवर्ड लियोनल मेस्सी र वायर्न म्युनिखका गोलकिपर मैन्युअल न्युयरलाई पछाडि पारेका हुन् । रोनाल्डोले लगातार दुई वर्ष ‘फुटबलर अफ द एयर’ को उपाधि जितेका छन्।
जर्मनीका मिडफिल्डर नादिन केसलरलाई वर्षको ‘महिला प्लेयर अफ एयर’ र कोलम्बियाका जेम्स राड्रिगजको गोललाई सर्वश्रेष्ठ गोल चुनिएको छ।
फुटबल विश्वकप विजेता जर्मनीका प्रशिक्षक जोआकिम लोऊलाई ‘वर्ल्ड कोच अफ द एयर’को उपाधि दिइएको छ । जबकि वुल्फ्सबर्ग राल्फ कैलरमैन महिला ‘कोच आफ दि एयर’ घोषित भएकी छन् । एजेन्सी

 

 

सम्बन्धित शिर्षकहरु