मकवानपुर, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिका लागि कांग्रेस एमालेले देखाएको लचकता अनुसार सहमतिमा आउन एमाओवादीलाई आग्रह गर्दै अब बन्ने संविधानलाई कसैले रोक्न नसक्ने दावी गर्नु भएको छ ।
नेपाली कांग्रेस मकवानपुर क्षेत्र नंम्बर १ को क्षेत्रीय सभालाई आइतबार संबोधन गर्दै नेता देउवाले देशलाई टुक्राउने भन्दा पनि एक ढिक्का बनाउने संघीयता चाहिएको बताउनु भएको छ । देउवाले देश टुक्राउने संघीयता आवश्यक नभएको भन्दै देशलाई एक ढिक्का बनाउने संघीयता आफुहरुले ल्याउन लागेको जानकारी दिनु भयो । उहाले संविधान माघ ८ मा आउने र सहमतिबाट संभव नभए प्रक्रियाबाट आउने स्पष्ट पार्नु भयो ।
सभामा कांग्रेसका युवा नेता गगन थापाले संविधान नबनाइकन युवा सभासद्हरू घर नफर्किने आश्वासन दिनु भयो । सहमति नभए स्वभाविक रूपमा प्रक्रियाबाट संविधान आउने उहाको भनाइ थियो ।
सहमतिका नाममा मुलुकलाई बन्धक बनाउने काम मात्र भएको भन्दै उहाले बहुमतबाट माघ ८ मा संविधान जारी गर्नु जरुरी भएको बताउनु भयो ।








