संवाद समितिको बैठक निष्कर्ष विहिन

पुस २५ । काठमाडौ, संवैधानिक राजनीतिक तथा संवाद समितिको शुक्रबार बसेको बैठकमा नेताहरुले पुस २७ गतेसम्मका लागि अनौपचारिक छलफल गरेर सहमति जुटाउने प्रयास गर्ने सहमति गरेका छन । केहीबेर सम्म बसेको बैठकमा विषयमा प्रवेशै नगरी एक घण्टा अनौपचारिक छलफलमात्र भएको नेताहरुले बताएका छन ।

नेताहरुले २७ गतेसम्मका लागि अनौपचारिक छलफल गरेर सहमति जुटाउने प्रयास गर्ने सहमति भएको एक नेताले बताए ।

समितका सभापति बाबुराम भट्टराईले सहमति जुटाउन बोलाएको बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु उपस्थित थिए।
संविधानसभामा छलफल सकिएपछि विवादित विषयमा सहमति जुटाउन सम्बाद समितिको प्रतिवेशन पुनः समितिमै पठाइएको थियो।

सम्बन्धित शिर्षकहरु